तनहुँ, वैशाख ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने औंल्याएका छन् । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गरेका छन् ।
तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताएका छन् । नेता पौडेलले निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्ने उनको भनाई छ । उनले देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने जानकारी गराएका छन् ।
0
Shares