मकवानपुर, वैशाख १६ । लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो । अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए ।
उनलाई राक्सिराङ गाउँपालिका–५ स्थितबाट पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई जिल्ला अदालतमा उपस्थित गराएर उक्त कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जानकारी गराएको छ ।
0
Shares