काठमाडौं, साउन १० । आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले माग गरेका छन् ।
इनानीले प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाएका छन् । एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहेका राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति २०५८ सालदेखि कब्जा गरेकाले आफू मर्कामा परेको गुनासो गरेका छन् ।
नेपाल सरकारबाट जाँचबुझ समिति गठन गरी सम्बन्धित दोषीमाथि कारवाही गरी आफ्नो सम्पत्तिको क्षतिपूर्तिसहित फिर्ता दिलाउन माग समेत गरेका छन् ।
सो उद्योगले सन् २००० मा स्थापना भएको अमेरिका र क्यानडामा नेपाली तयारी पोशाक ठूलो मात्रामा निर्यात गरी निर्यात ब्यापारमा महत्वपूर्ण योगदान दिएको समेत उल्लेख गरेका छन् ।
इनानीले बाणिज्य बैँकले आफूमाथि सिर्जना गरेको कृत्रिम ऋणसमेत तिर्न तयार हुँदा बैँकले स्वीकार नगरी आफ्नो सम्पत्ति हिनामिना गरेको आरोप लगाएका छन् । आफूले न्याय पाउने प्रधानमन्त्री कार्यालयबाट उनले विश्वास व्यक्त गरेका छन् ।