वसुन्धरा भट्टराईको निधन : वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त

काठमाडौं, साउन १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको जानकारी गराएका छन् ।

कांग्रेसका क्रियाशील सदस्य रहेकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पौडेलको शोक वक्तव्यमा उल्लेख गरिएको छ । वरिष्ठ नेता पौडेलले यस दुःखद् घडीमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, शङ्कर भण्डारी र केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि शोक वक्तव्य जारी गर्दै भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

भट्टराईको ७२ वर्षीया आमा वसुन्धरा भट्टराईको गए राति व्यास नगरपालिका–११ स्थित निवासमा निधन भएको छ । लामो समयदेखि बिरामी भएकी भट्टराईको आज दमौलीस्थित सेतीमादी घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व भट्टराईको तीन छोरा र तीन छोरी रहेका छन् ।