गौरब राइ,ओखलढुंगा,
असार महिनाको शुरुवाति संगै नेपाली कॉग्रेस ओखलढुंगाले जुम मार्फत “कोरोना भाइरसको महामारीमा स्थानिय तहले बजेट निर्माण गर्दा देखा पर्ने चुनौती र निर्वाह गर्नु पर्ने भूमिका”बिषयकगोष्ठी आयोजना गरेको छ।
जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा गरिएको भर्चुयल गोष्ठीमा जिल्लाका बिभिन्न नेता,कार्यकर्ता तथा छिमेकी जिल्ला खोटाडंका बिभिन्न नगरपालिका तथा गॉउपालिकाका अध्यक्ष,उपाध्यक्षहरु सहित करिब १५०भन्दा माथि नेता,कार्यकर्ता,जनप्रतिनिधिहरु,संबन्धित बिषयका बिज्ञहरु जोडिएको भर्चुयल गोष्ठी कार्यक्रममा प्रमुख वक्ताका रुपमा डा शंकर शर्मा पूर्वउपाध्यक्षराष्ट्रिय योजना आयोग र डा शंकर खनाल TU रहेका थिए भने गोश्ठी को संचालन जुमएपको होस्ट नेबिसंघ ओखलढुंगाका नेता अनुप सुनुवार को सहयोगमा नेपालीकॉग्रेस ओखलढुंगाका पार्टिसभापति प्रदिप कुमार सुनुवार स्वयमले गरेका हुन।
इन्टरनेट प्रबिधिको माध्यमद्वारा गरिएको नेपाली कॉग्रेस ओखलढुंगाको उक्त गोश्ठी निकै महत्वपूर्ण बनेकोछ।बक्ता शंकर खनालले बिश्व महामारिको चपेटामा परेको कारण नेपालमा आपूर्ति हुने खाद्यान्नहरुमाकमि आउन सक्ने संभाबना रहेकोले र बिदेशमा रहेका धेरैजसो नेपाली स्वदेश फर्कने भएकोले आगामिबर्षहरुमा नेपालमा खाद्यन्न अभाब हुनसक्ने र यस्को लागि स्थानिय निकायहरुले कृषि प्रणालीमा जोडदिनुपर्ने जस्ता महत्वपूर्ण कुरा राखेका थिएभने डा शंकर शर्माले देशको अर्थतन्त्रमा आइपर्ने समस्या र अहिले चर्चाको शिखरमा रहेको एमसिसिको बिषयमा पनि स्पस्ट पारेका थिए।गोष्ठी मा छिमेकी जिल्ला खोटाडंका स्थानियजनप्रतिनिधि हरु लगायत ओखलढुंगाका संबिधान सभा सदस्य युवानेता रामहरी खतिवडा,महासमितिसदस्य युवानेता बालकृष्ण दाहाल,महासमिति सदस्य तथा प्रदेशसभा का प्रत्यासि मित्रसेनदाहाल,महासमिति सदस्य तथा केन्द्रीय प्रशिक्षण प्रतिष्ठान का सदस्य खिलानाथ दाहाल,महासमितिसदस्य डिल्लिराम खनाल,पुर्ब पार्टिसभापति महेश कुमार कोर्मोचा,माहासमिति सदस्य कुमार लुइटेल,महासमिति सदस्य बाला अधिकारी स्थानिय जनप्रतिनिधि हरु, ,चम्पादेबीगॉउपालिका अध्यक्ष तथा नेका ओखलढुंगाका जिल्ला सचिब नबराज केसी, सुनकोशि गॉउपालिकाअध्यक्ष तथा नेका जिल्ला सचिब रुद्र प्रसाद अधिकारी,मानेभज्याडं गॉउपालिका अध्यक्ष तथा नेकाक्षेत्रीय सभापति मोतिराज राइ खिजिदेम्बा गॉउपालिका अध्यक्ष बेद बहादुर रोका,मानेभज्याडंगॉउपालिका उपाध्यक्ष तथा नेका ओखलढुंगा की पार्टि सहसचिब सबिता राइ लगायत दर्जनौनेताहरुले संबन्धित बिषयमा सुझाब,सल्लाहा,सहित आफ्ना महत्वपूर्ण घारणा राखेका थिए।
कोरोना भाइरसको महामारीको जोखिमसंगै गरिएको लामो लकडाउनको मारमा परेरजिल्लाबासिहरु आतिरहेको अबस्थामा जिल्लाबाट निर्बाचित सत्तारूढ़ पार्टिका नेता तथा संघिय संसदर प्रदेश संसदहरुभने कानमा तेल हालेर बसिरहेकाछन।यतिबेला जनताको माझ उभिनुपर्ने सत्तारूढ़ जनप्रतिनिधिहरु र सत्तारूढ़ दलका नेताहरुको नाम निसाना कहिकतै जनताले सुन्न पाएका छैनन यस्तोपरिस्थितिमा विभिन्न बाधा र व्यबधानका बीच पनि। नेपाली कॉग्रेस ओखलढुंगाका नेतृत्व हरु भनेबिभिन्न प्रकारका स्वास्थ्य साबधानि अपनाउदै कहिले मुलुकभर छरिएर रहेर लकडाउनमा फसेकाआफ्ना जिल्लाबासि नागरिकलाइ गाडिब्यबस्था गरेर आआफ्नो घर फर्काउने,कहिले दैनिक ज्यालामजदुरी गरेर खाने आफ्ना ज़िल्लाबासि नागरिक हरुलाइ बिभिन्न ठॉउमा पुगेर र पुग्न नसकेको ठॉउमाआफ्ना संगठन संयन्त्र हरु प्रयोगगरि राहात उपलब्ध गराउने जस्ता कार्यहरुमा निरन्तर खटिरहेका छन।ने का जिल्लाकार्य समितिले यस बिषम परिस्थितिको बेला आफु जनताको माझ भएको अनुभुतिदिलाएको छ।आफ्ना जनता तथा कार्यकर्ता हरुको मनोबल उच्च बनाउन बेलाबेलामा प्रबिधिकोमाध्यमको प्रयोग गर्दै जनतासंग छलफल र संपर्कमा जुटिरहेको छ।यहिक्रमलाइ निरन्तरता दिदै असारएक गते पनि टेक्नोलोजीको प्रयोग र उपयोग गर्दै छलफल तथा अन्तरक्रिया गरि सकृयतासाथ आमजनतामाझ जिम्मेबार बनेको छ।देशको यस्तो बिसम परिस्थितिमा नेपाली कॉग्रेस ओखलढुंगा ले आफ्ना जिल्लाबासि हरुका लागि खेलेको सकृय भुमिका देखेर सत्तारूढ़ पार्टीलाइ भोटदिने हरु पछुताउदै आफैलाइ धिक्कारर्दै जनताको दुखमा साथ दिने पार्टि भनेकोत नेपाली कॉग्रेस मात्र रहेछ भन्नथालेका छन।
जील्लाबाट निर्बाचित सत्तारूढ़ दलका नेताहरु हाल प्रदेश मन्त्री समेत रहेपनि यस्तो लकडाउनको चपेटामा परेको बेला जिल्लाका जनताहरुलाइ फर्केर सम्म नहेरेको ले पैसा देखाएर चुनाब जित्ने नेता भन्दा जनताका साथ र माझ रहने नेता आबस्यक रहेको भन्ने गुनासोपनि जनताहरु गर्नथालेका छन।