सगरमाथा इन्स्योरेन्सले साधारण सभा डाक्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले असार ३० गते, आफ्नो केन्द्रीय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सो बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार असार १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।