काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । जेनी केही समयदेखि थापागाउँस्थित सनसिटी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । उनी सोही अपार्टमेन्टमा गत बिहीवार राति झुण्डिएको अवस्थामा फेलापरेकी हुन् । नायिका जेनी पछिल्लो समय धार्मिक क्रियाकलापमा पनि लागेकी थिइन् । खासगरी पशुपति मन्दिर क्षेत्र परिसरमा उनीद्वारा गरिने गतिविधिका कारण बेलाबेलामा विवादमा तानिने गर्दथिइन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार यस घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । नायिका कुँवर विगत एक वर्षदेखि डिपे्रसनमा रहेको बताइएको छ । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको भेषामा बसिरहेको भेटिन्थिन् । उनले धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यूलगायत दर्जन हाराहारी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी थिइन् ।