प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने : श्रेष्ठ

पोखरा, असोज ८ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बताएका छन ।

उनले काँग्रेस कास्कीद्वारा आइतबार आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई अनुरोध गरे । पार्टीमा लामो समयदेखि दिइएको योगदान एवं समावेशिताका आधारमा निर्वाचनमा टिकट दिइनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री तथा काँग्रेसका नेता यज्ञबहादुर थापाले काँग्रेसप्रतिको जनविश्वास कायमै रहेको बताए ।