महोत्तरी, वैशाख ५ । भीषण आँधीहुरीमा परी गएराति महोत्तरी जिल्लामा दुईजनाको मृत्यु भएको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो ।
उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर गम्भीर घाइते भएका उनलाइ उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो ।
जलेश्वर अस्पतालमा उनको प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको थियो । उपचारकै क्रममा उनको गएराति ९ः३० बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले जानकारी गराए ।
0
Shares