वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
महाधिवेशनअन्तर्गत मंगलबार भएको उम्मेदवारी दर्तामा वरिष्ठ उपसभापति पदका लागि शर्माको मात्र उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्धारित समयभित्र अन्य उम्मेदवारी नपरेपछि शर्मा निर्विरोध निर्वाचित हुनुभएको हो।
शर्मा यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट उहाँ उपसभापतिमा चयन हुनुभएको थियो। विशेष महाधिवेशनपछि उपसभापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शर्मा १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा पुग्नुभएको हो।
148
Shares






















