विराटनगर, माघ ४ । सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा नेपाल होमियोपैथिक चिकित्सक संघले स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
डा टिएन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा संघद्वारा आयोजित बुधबार सम्पन्न स्वास्थ्य शिविरमा निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
संघका अध्यक्ष डा रवीन्द्रकुमार रायले होमियोपैथिक चिकित्सा पद्धतिबाट आँखा, कान, दातलगायतका एक हजार बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएकोे बताए ।
0
Shares