नुवाकोट, माघ २३ । भूकम्पले चर्किएको घर भत्किएर बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले बताइएको छ ।
तामाङ परिवार भूकम्पले नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले चर्किएको कच्ची घरमा बस्दै आएका थिए ।
घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी गराएका थिए । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरुको ज्यान जोगिएको छ ।
0
Shares