✍️ दामोदर उपाध्याय
गोधुली साँझ्को बेला एक फेर
वन्को तलाउमा कमल फूलेर
फूलेको त्यो फूल् अति राम्रो हेर
त्यहा आइ वस्नेछ भमरा उडेर
पर वन् देखि ता भमरा उडेर
आएछ बस्न फूल माथि हेर
तलाउ बीच्मा फूल त्यो कमल्को
सुन्दर् छ दृश्य त्यो प्यारो भ्रमर्को।।
सुकोमल पत्र सुन्दर फूल
फूल भित्र बस्नु भमरोको भूल
यो भूल कस्को जानिन मैले
दिएर ध्यान सुनौं सबैले
जब साँझ आयो फूल झुक्न लायो।
फूकेका ती पत्र सबै बन्द भयो।
कमल्को फूलैमा त्यो साँझ हेर
भमरो लूकेर सोच्दै अनेक
रात परि जाला दिन फेरि फिर्ला।
बिहानी त होला सुर्य उदाउला।
सुर्यको किरण् यहा पनि आउँदा
मुन्टो उठाउला पात फूकाउला।।
यस्ता धेरै थोक् भमरोले सोच्दै
मस्त बस्याथ्यो रस फूल्को चुस्दै
वन्बाट आयो हात्तीको हूल
खाएछ जीवन चुड्दा त फूल।
साँझ बीचैमा गजको बथान
आए तलाउमा प्यास बुझाउन
पानी त पिउँदा फूल पनि सङ्गै
खादा त हात्तीले भमरो झसङ्गै।
आनन्द साथ सोच्दै बसेको
मोह फूलैको भमरो फँसेको
एक्कासी सङ्कट् आउने नजानी
मोहले जीवन् भयो खरानी
हात्ती त आयो फूल् पनि खायो
पानी पिएर त प्यास मेटायो
फूल्का बीचैमा भमरो छ भन्ने
त्यो हात्तीका हुल्ले कसरी जान्ने?
प्यारो भ्रमर त्यो फूलको बीचैमा
बस्दा गएछ गजका उदरमा
कालैको चक्रैको फेलामा ऐले
विचरो भमरो परेछ मजैले।























