काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि शुक्रबार भारत जाँदै हुनुहुन्छ।
लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उहाँ परिवारसहित भारतका धार्मिकस्थलमा पूजाअर्चना गर्ने कार्यक्रम छ। उहाँले उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्नुहुनेछ।
निजी तथा पारिवारिक भ्रमणका लागि भारत जान लाग्नुभएका लामिछाने तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ।
126
Shares





















