बेद प्रसाद घिमिरे
काठमाडौँ, कात्तिक ५ गते। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा आज बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुहुने भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।
विगतका वर्षमा राष्ट्रपतिले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको थियो। तर, मुलुकले पछिल्ला वर्षमा विषम परिस्थिति सामना गर्नुपरेको र उल्लासपूर्ण वातावरण नरहेकाले गत वर्षदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरिएको छ।
120
Shares























