बेद प्रसाद घिमिरे
काठमाडौँ, कात्तिक ४ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।
सभापति थापाले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाउनुपरेको उल्लेख गर्दै चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराखी दुःख र कठिनाइमा रहेका परिवारसँग बाँड्न आग्रह गर्नुभएको छ।
उहाँले विपत्तिका कारण पीडामा रहेका परिवारको दुःखमा साथ दिन, उनीहरूको पीडामा मलम लगाउन र एकअर्काको सहारा बन्न सके दसैँको खुसी अझ अर्थपूर्ण हुने बताउनुभएको छ।
विजयादशमीले व्यक्तिभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै सभापति थापाले सबै नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।




















